ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा अर्की युवतीको रहस्यमय मृत्यु

मंगलबार, ३१ जेठ २०७९, १४ : २४
2 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरीको शव झुण्डीएको अवस्थामा फेला परेको परिवारको दावी छ ।

पति सन्जु गिरीले आफूहरुले संचालन गर्दै गरेको होटलमा राति करिब १ बजे झुण्डीएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दावी गरेका छन् । सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणीग्राममा ल्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । यद्यपि सुविना झुण्डीएको र मृत्युभएको बारे वरपर छिमेकीले समेत थाह नपाएको बताएका छन् ।

आफन्तले आफैले कुटपीट गरेर झुण्डाएको बहाना गरेको बताएका छन् । मृतककी फुपु क्षमा गिरीले शरिरभरि नीलडाम भएकाले पतिले हत्या गरेको वा झुण्डाएको दाबी गरिन् । आफन्तले घटनाको सत्यतथ्य माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भीक अनुसन्धान थालेको छ ।

क्रिमशन अस्पतालमा राखेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । अनुसन्धानपछि मृत्युको कारण बारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् । यसअघि २ महिना अघि रहस्यमय मृत्यु भएकी अमृता खत्रीकाे घटना बारे अझै टुङ्गो लागेको छैन ।

गत चैत ३० गते अमृताको रहस्यमयी मृत्यु भएको थियो । घटनाको टुङ्गो नलागेपछि हालसम्म उनको शवलाई दाहसंस्कार समेत गरिएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।