१६ असार २०७९, बिहीबार

Jun 30, 2022

बुटवल । स्वीमिङ्ग गर्ने क्रममा डुबेर तिलोत्तमाको न्यू लाइट स्कूलका शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० वर्षीय सन्दिप पौड्याल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

पौड्याल सोमबार तिलोत्तमा नगरपालिका–३ स्थित बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए ।

यता, पौड्यालका एक सहकर्मीले रिसोर्टको व्यवस्थापनमा गम्भीर लापरवाही हुँदा मृत्यु भएको बताए । यस बारेमा रिसोर्टका म्यानेजर राममणि पाण्डेसँग पटक पटक सम्पर्क गर्न खोज्दा फोन उठाएनन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रजातन्त्र होइन गठबन्धनतन्त्र ! सर्वोत्तम लिटोको प्याकेटमा कीरा कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब ५ प्रतिशतले वृद्धि सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द रुपन्देहीको सैनामैनाका एक युवा मृत अवस्थामा फेला फुटबलर भरत र नवयुग एनएसी प्रतियोगिता खेल्न अमेरिका प्रस्थान डाइभर्सन निर्माणपछि खुल्यो पूर्व–पश्चिम राजमार्ग, कस्ताे छ अन्य सडककाे अवस्था ? मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं आज पनि देशभर वर्षाको सम्भावना श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव रोटरी क्लब भैरहवाद्वारा तिलोत्तमास्थित विद्यापिठका विद्यार्थीलाई कम्प्युटर तथा झोला वितरण एमाले निकट युवा संघको धान राेपाइँमा कुटाकुट बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, अवस्था गम्भीर असारे–१५ः ‘हिलोमा रमाउनेहरुको दाउ–१७’ काठमाडौंमा १४ जनामा हैजाको संक्रमण पुष्टि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला [सर्वोच्चको आदेशको पूर्णपाठसहित]