ताजा अपडेट »

पूँजीबजार निराशाजनक अवस्थामा छैन : नेप्से अध्यक्ष न्यौपाने

आइतबार, ०८ मंसिर २०७६, १७ : ५०
6 Shares

मंसिर ८,

ग्लोबल आवाज

बुटवल । नेपाल स्टक एक्सचेन्जका सञ्चालक समिती अध्यक्ष लक्ष्मण न्यौपाने प्रदेश पाँचलाई पूजी बजारको हबका रूपमा विकास गर्ने योजना रहेको बताएका छन् । प्रदेशको राजधानीका रूपमा रहेको बुटवलमा पूँजी बजारको हबका रुपमा विकास गर्नका लागि पुर्वाधारहरूको बारेमा अध्यन भईरहेको बताए । आईतबार रुपन्देहीको बुटलमा आयोजित पूँजीबजार प्रवर्धन कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले पूँजीबजार निरासाजनक अवस्थामा नरहेको बताए ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी प्रमुख निरज गिरीले कारोबारको इन्डेक्स घट्नुलाई किन्ने अबसरका रुपमा लिन आग्रह गरे । लगानी कर्ताले सेयर बजारमा तत्कालै मुनाफा खोजेर नहुने भन्दै उनले बजार बुझेर लगानी गर्न आग्रह गरे ।

नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयर कारोबारमा बजार घट्दैमा लगानीकर्ता आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । नेपालको पूजी बजारमा भविष्य उज्वल रहेको भन्दै उनले लगानीकर्ता निराश हुनु नपर्ने दाबी गरे । सेयर बजारका बारेमा आवश्यक ज्ञान हासिल नगरी लगानी गर्दा समस्या सिर्जना हुन सक्नेतर्फ सचेत गराउदै उनले लगानीकर्ताले आफ्नो क्षमता अनुसार सेयर बजार सम्बन्धि बुझेर मात्रै लगानी गर्न आग्रह गरे ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले पूजीबजारको इन्डेक्स बढाउनका लगानीकर्ताहरुलाई उत्साहजनक नीति कार्यक्रम ल्याउन आग्रह गरेका थिए । वाईको प्रा. लि., मिडास स्टक ब्रोकर प्रा. लि., एशियन सेक्युरिटिज प्रा.लि., दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि., आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटी प्रा. लि. तथा लिन्च स्टक मार्केट लिमिटेडको सह आयोजनामा भएको कार्यक्रममा लगानी कर्ताहरुलाई सेयर बजारको सुरक्षा तथा अनलाइन कारोबार सम्बन्धि सहजीकरण गरिएको थियो ।

कार्यक्रममा वाईको प्रालिका रमेस भुसालले सहजीकरण गर्दै सहभागीहरुले उठाएका प्राविधिक विषयका बारेमा जानकारी गराएका थिए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।