१९ असार २०७९, आईतवार

Jul 3, 2022

बुटवल । ओरिफ्लेम मिस यूनिभर्सल नेपाल-२०२२ मा सहभागिताका लागि बुटवलमा शनिबार अभिमूखिकरण सम्पन्न भएको छ । मिस यूनिभर्सल नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठको विशेष उपस्थितीमा अभिमूखिकरण भएको हो ।

Advertisement

मुलुकका विभिन्न ७ शहरमा कार्यशाला गर्ने अभियान अन्तरगत बुटवलमा २ दर्जन बढीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मिस यूनिभर्सल नेपाल (एमयूएन) मा सहभागिता जनाउँदा प्राप्त गर्न सकिने अवसर, प्रतियोगितामा सहभागिताका लागि आवश्यक योग्यता तथा व्यक्तित्व बिकास सम्बन्धि अभिमूखिकरण गरिएको थियो । यही मे ५ देखि आबेदन खुला गरिएको एमयूएन-२०२२ का लागि काठमाण्डौंसहित बुटवल, पोखरा, चितवनको भरतपुर, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत लगायतका शहरमा कार्यशाला सञ्चालन गरिएको निर्देशक श्रेष्ठले जानकारी गराइन । उमङ्ग क्रियसन प्रालिको आयोजनामा जारी कार्यशालामा मिस यूनिभर्सल नेपाल २०२१ की विजेता सुजिता बस्नेत, स्टाइलिस्ट सागर गुरुङ र प्रशिक्षक स्मिथ तामाङले सहजिकरण गरेका छन् । 

जुन ३० सम्म आवेदन खुला गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार राशीसहित एउटा स्कुटर तथा विभिन्न गिफ्टह्याम्पर उपहार स्वरुप पाउने छन् भने संस्थासँग आवद्ध भएर १ वर्षसम्म काम गर्ने अवसर समेत प्राप्त गर्ने छन् । विजेताले २०२३ मा हुने मिस यूनिभर्सलमा नेपालको तर्फबाट सहभागी हुने अवसर समेत प्राप्त गर्ने छ ।  मिस यूनिभर्सल २०१७ को विजेता समेत रहेकी कार्यक्रमका निर्देशक श्रेष्ठले यो सिजनमा तेस्रो लिङ्गी महिला तथा एनआरएन युवतिहरुले समेत सहभागिता जनाउन पाउने उल्लेख गरिन् ।

आयोजक संस्था उमङ्ग क्रिएसनका निर्देशक उद्धव अधिकारीका अनुसार प्रतियोगसतामा सहभागिता  जनाउन चाहनेहरुले हजार रुपैया शुल्क तिरेर आवेदन दिन पाउने छन् । मिस यूनिभर्सल नेपालको आधिकारिक एप डाउनलोड गरि आवेदन दर्ता गर्न सकिने उनले बताए । मुलुकभरबाट २ दर्जन बढीले खुला आवेदन दर्ता गरिसकेको प्रतियोगितामा उल्लेख्य मात्रामा सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । गत वर्षको प्रतियोगितामा कोरोना महामारीका कारण २ सय बढी प्रतियोगि सहभागी भएकोमा यो वर्ष उक्त संख्या थप बढ्ने अपेक्षा गरिएको हो । त्यसअघिको वर्ष २०२० मा ५ सय बढीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

विभिन्न चरणमा करिब ४ महिना सञ्चालन हुने प्रतियोगितामा अन्ति ५० जना क्वाटर फाइनलमा प्रवेश गर्ने छन् भने अन्तिम २० जनाले ग्राण्ड फिनालीमा सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताले २०२३ मा हुने मिस यूनिभर्सलको ७१ औं संस्करणमा ताज पहिरन सक्ने सक्षम लेडी छनोट गर्ने लक्ष्य राखेको छ ।   

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम