१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

जुम्ला । जुम्लामा बलात्कारका घटना बढ्न थालेका छन् । पछिल्लो समयमा २० वर्ष मुनिका किशोरीमाथि बलात्कारका घटना बढेका हुन् । जसको उदाहरण हुन गुठिचौर गाउँपालिका वडा नम्बर ५ निवास १७ वर्षीय बालिका ।

Advertisement

उनीमाथि गुठिचौर ५ निवासी २ जना व्यक्तिले गत सोमबार सामूहिक बलात्कार गरेका हुन् । उनीहरूले सोमबार साँझ खेतमा पानी हाल्न गएको बेला सामूहिक बलात्कार गरेको पीडित परिवारको भनाइ छ । 

पीडितका आफन्तले प्रहरीमा उजुरीसमेत दिएका छन् । घटना भएको ठाउँमा प्रहरी गएर अनुसन्धान गरेको जुम्लाका निमित्त प्रहरी नायव उपरीक्षक धर्मराज जोशीले बताए । उनले भने, ‘उनीमाथि बलात्कार गर्ने व्यक्ति फरार  छन् । उनीहरूको खोजीकार्य भइरहेको छ । पीडितलाई न्याय दिन र दोषीलाई कानुनी कारबाही गर्न प्रहरी प्रतिबद्ध छ ।’

गुठीचौर ५ की १७ वर्षीया नबालिका एक उदाहरण मात्रै हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको दुई आर्थिक वर्षको तथ्यांक हेर्दा उनी जस्तै १६ वटा किशोरी बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा २० वर्ष मुनीका सात किशोरी किशोरी बलात्कार भएका छन् । 

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २० वर्ष मुनीका १० किशोरीसहित १६ जना बलात्कृत भएको उजुरी जिल्ला प्रहरी कार्यालय जुम्लाका परेको छ । 

जुम्ला प्रहरीको तथ्यांक हेर्दा बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका  दलित र विपन्न बढी छन् ।-दिलमाया शाही/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड