१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

थाइल्याण्ड । गाँजामाथिको प्रतिबन्ध हटाउने एशियाकै पहिलो देश बनेको छ ।औषधि र खानामा मसलाका रुपमा गाँजाको प्रयोग हुने गरेको इतिहास भए पनि थाइल्याण्डले गाँजालाई लागु औषध भनेर प्रतिबन्ध लगाएको थियो ।

Advertisement

लागु औषध सम्बन्धी कडा कानुन रहेको उसले कानुन परिवर्तन गर्दै गाँजाको खेति र प्रयोगलाई खुल्ला गरेको छ । सन् २०१८ मा गाँजालाई औषधिका रुपमा प्रयोग गर्न अनुमति दिएको थाइल्याण्डले अब खेति र सेवनलाई पनि खुल्ला गरेको हो । यसअघि औषधिजन्य प्रयोजनका लागि मात्र गाँजा खेति खुल्ला थियो ।

कानुनमा भएको परिवर्तनसँगै अब थाइनागरिकले घरका गमला र खेतबारीमा पनि गाँजा लगाउन पाउने छन् । गाँजा खुल्ला गरेसँगै थाइल्याण्डले गाँजाको कारोबार र सेवन गरेको अभियोगमा जेल हालेका ४ हजार बन्दी रिहा गर्ने तयारी पनि छ ।

गाँजको प्रयोग खुल्ला गरेपछि मानव स्वास्थ्य र पर्यटन उद्योगमा फाइदा पुग्ने थाइ सरकारको विश्वास छ । थाइल्याण्डले गाँजालाई नगदे बालीका रुपमा विकास गर्ने र गाँजाका परिकारको व्यापार गर्ने लक्ष्य राखेको छ । -एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड