ताजा अपडेट »

चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक गौतमसहित चार कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र दायर

विहीबार, २६ जेठ २०७९, १७ : १०
19 Shares


काठमाडौं ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

०७२ सालमा प्रकाशित कर्मचारी पदपुर्तिका क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाईछिपाई योग्यता नपुगेका आवेदकको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरेको अख्तियारको आरोप छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मिति २ असोज २०७२ मा कृषि प्राविधिक र लेखापाल पदमा निवेदन आह्वान गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।