ताजा अपडेट »

गुल्मीमा डाेजरले फालेकाे ढुंगा लागेर विद्यार्थीकाे मृत्यु

विहीबार, २६ जेठ २०७९, १६ : ५९
20 Shares

बुटवल। सडक निर्माणको क्रममा फालेको ढुंगाले लागेर गुल्मीको मुसिकोटमा एक विद्यार्थीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-३ निवासी १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलले निर्माण भइरहेको सडकमा डोजरले फालेको ढुंगाले लागेर बिहीबार बिहान स्कुल जाँदै गरेका रायमाझी घाइते भएको जानकारी दिए ।घाइते रायमाझीको उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोजर चालकलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।