ताजा अपडेट »

नगरप्रमुखकाे क्रसर उद्याेगीलाई साथ, समस्या पर्नेगरी कुनै कारवाही नगर्ने प्रतिवद्धता

विहीबार, २६ जेठ २०७९, १५ : ४५
2 Shares

महोत्तरी । बर्दिबास नगरपालिकाकाका नगरप्रमुख प्रल्हाद क्षेत्रीले नगरभित्रका सम्पूर्ण क्रसर उधोग मापदण्डभित्रै रहेकाे बताएका छन् । यस्ता क्रसरकाे लाइसेन्स नबिकरण प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले गर्ने भएकाले सबै क्रसर उधोग मापदण्डअनुसार नै रहेकाे उनकाे जिकिर छ ।

क्रसर तथा खानी उधोग व्यवसायी संघले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख क्षेत्रीले लाइसेन्स प्राप्त क्रसर उधोग कसरी अवैध हुने भन्दै प्रतिप्रश्न गरे । उनले भने,  `मापदण्ड पुर्‍याएर लाइसेन्स लिएका क्रसर उधोगलाई नगरबाट कुनै कारवाही गर्न सकिँदैन ।´  प्रक्रिया पुर्‍याएर खोलिएका क्रसर उधोगलाई नगरले सहयोग गर्ने बताए । नगरप्रमुख क्षेत्रीले  व्यवसायीहरूलाई समस्या बन्ने गरी कुनै कारवाही नगर्ने पनि नगरप्रमुख क्षेत्रीले प्रष्ट बनाएका छन् ।

तर, ढुङ्गा गिटी, बालुवा उत्खनन् तथा बिक्री वितरणसमबन्धी ऐन ०७७ अनुसार क्रसर उधोग सन्चालन मापदण्ड समेत निर्धारण गरेको छ । क्रसर उधोग सन्चालन गर्दा राजमार्गबाट पाँच सय मिटर दुरीमा, खोला वा नदी किनारबाट पाँच सय मिटर दुरीमा, विद्यालय, घनाबस्तीबाट दुई किलोमीटर दुरीमा, चुरे पहाडको फेदिबाट १५ सय मिटर दुरीमा हुनुपर्ने मापदण्ड छ । अघिल्लो स्थानीय सरकारले गरेको अनुगमनमा धेरैजसो क्रसर उधोग ढुङ्गा, गिटी, बालुवा उत्खनन् तथा बिक्रीवितरण ब्यवस्थापन ०७७ अनुसार नरहेको निष्कर्ष निकालेको थियो ।

यता, क्रसर उधोगीहरूले पनि आफूहरूलाई सरकारले भेदभाव गरेको बताइरहेको बेला नगरप्रमुखको प्रतिबद्धताले क्रसर व्यवसायीले राहत महसुस गरेका छन् । क्षेत्रीले अवैध ठहर भएमामाथि भने तुरुन्तै कारवाही हुने बताए ।उनले पत्रकारहरूलाई पनि मापदण्डको बिषयमा थप प्रष्ट बन्न अनुरोध गरे । नगरप्रमुख क्षेत्रीको भनाइले जिल्लामा तरङ्ग ल्याएको छ । लाइसेन्स नविकरणलाई मात्र वैध मान्नु पर्ने उन अभिव्यक्तिले `ढुंगा, गिटी, बालुवा उत्खनन् तथा बिक्रीवितरणसमबन्धी मापदण्ड २०७७´ लाई धज्जी उडाइएको आरोप छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।