१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

Advertisement

मुम्बई । अभिनेता अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ले रिलिजको पहिलो दिनदेखि नै दर्शकलाई निराश बनाउदै आएको छ । यो वर्ष खेलाडी कुमार अक्षयका लागि खासै उल्लेख्य रहेन । यसअघि उनको फिल्म ‘बच्चन पाण्डे’ले बक्सअफिसमा पानीसमेत माग्न पाएन ।

फिल्मले बक्सअफिसमा उल्लेख्य कमाई गर्न सकेको छैन । जसका कारण हलवालाले धमाधम फिल्मको शो रद्द गरिरहेका छन् । जिरो अक्युपेन्सीका कारण फिल्मको कैयौं शो रद्द गर्नुपरेको हो । फिल्मको बिहानीको शोको टिकट बिक्री शून्यमा  झरेपछि फिल्मले व्यापार नगर्नेमा व्यापार विश्लेषकले अनुमान लगाइसकेका थिए ।

यो फिल्मका साथ कमल हासनको ‘विक्रम’ र अदिवी शेषको फिल्म ‘मेजर’ रिलिज भएको थियो । ‘मेजर’ले हालसम्म ५० करोडमाथिको कमाई गरिसकेको छ । उता कमलको फिल्मले बक्सअफिसमा नयाँ रेकर्ड बनाइरहेको छ ।

अक्षयको फिल्मको प्रोडक्सन मूल्य २ सय करोड बताइएको छ । तर, टिकट बिक्रीको अनुपात हेर्दा यो फिल्म ‘बच्चन पाण्डे’पछि अक्षयको लगातार दोस्रो फ्लप फिल्म बनेको छ । चन्द्रप्रकाश द्विवेदीको यो फिल्ममा मानुषी छिल्लर, सोनू सूद र सञ्जय दत्तको पनि अभिनय छ ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु