ताजा अपडेट »

रोकिएन पृथ्वी राजमार्गमा झरेको पहिरो, सडक खुलाउन समस्या

विहीबार, २६ जेठ २०७९, १३ : २७
6 Shares


काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । 

दुईवटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोको कारण  सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् । 

पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खुलाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक हिजोराति ११ बजेदेखि अवरुद्ध रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।