ताजा अपडेट »

प्रि-ओपनिङमा नेप्से २ अंकले बढ्यो

विहीबार, २६ जेठ २०७९, १२ : ०९


काठमाडौं । बिहीबारको प्रि ओपनिङमा नेप्से २ अंकले बढेको छ । नेप्से २ अंकले बढेसँगै सूचक २ हजार ८२ दशमलव ४४ बिन्दुमा पुगेको छ । यस अवधिमा ७ कम्पनी ३४६ कित्ता सेयर १५ वटा कारोबारमार्फत एक लाख ६९ हजार ८८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सेयर धितोकर्जामा लागु रहेको ४–१२ को नीति परिमार्जन गर्ने बताएपछि बुधबार बजार सूचक ६०.२२ अंकले बढेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।