ताजा अपडेट »

बुटवलमा एक रेष्टुरेन्ट संचालक रेष्टुरेन्ट भित्रै झुण्डिएको अवस्थामा फेला

विहीबार, २६ जेठ २०७९, ०६ : १९
6 Shares

बुटवल । बुटवलमा एक रेष्टुरेन्ट संचालक झुण्डिएको अवस्थामा फेला परेका छन् । बुटवल देविनगर स्थित भूपु सैनिक क्लव नजिकै रहेको राईजिङ स्टार रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरका संचालक आफ्नै रेष्टुरेन्ट भित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

बाग्लुङ घर भई बुटवलमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका ४५ वर्षिय बल बहादुर मगर राती ८ बजेको समयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।