ताजा अपडेट »

बुटवलमा महिला सञ्चारकर्मीहरुका लागि सञ्चारिका समुहको अभिमूखिकरण

बुधबार, २५ जेठ २०७९, २१ : १०
8 Shares

बुटवल । पत्रकार महिलाहरूकाे क्षमता अभिवृद्धिका लागि दुई दिने तालिम बुटवलमा सुरू भएकाे छ । विकास, सुशासन र समावेशी पत्रकारिता विषयक तालिममा साविक लुम्बिनी अञ्चलका विभिन्न जिल्लाका पत्रकार महिलाकाे सहभागितामा सञ्चालन गरिएकाे हाे ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशकाे आयाेजनाामा भएकाे कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशले समन्वय गरेकाे हाे । करिब ५२ जना सहभागी रहेकाे कार्यक्रममा  युवराज कंडेलले विकास र सुशासन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले विकासकाे सीमा नहुने, परिवर्तनशील भएकाे  र विकास हामीले महसुस गर्ने कुरा भएकाे बताए । उनले  विकास र सुशासनले मानिसकाे जीवनस्तरमा धेरै प्रभाव पार्ने बताए । विकासका लागि माग प्रष्ट हुनुपर्ने धारणा राख्दै उनले बेथितिका कारण विकासमा समस्या परेकाे र विकासका लागि दीर्घकालीन साेँच राख्नुपर्ने उल्लेख गरे ।

पत्रकारिता क्षेत्रमा समस्या मात्रै नभई सम्भावना र अवसरहरू प्रसस्त भएकाे बताउदै उनले  अरूजस्ताे नभइ आफू-आफूजस्तै बन्न अनुराेध समेत गरे । सिकाइ निरन्तर गर्दै गएमा प्रभावकारी हुने उनले बताए ।

सहभागीहरुले तालिम प्रयाेगात्मक र प्रभावकारी भएकाे बताउँदै आगामी दिनमा पनि यसैगरी प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे । सञ्चारिका समूल लुम्बिनीका अध्यक्ष अमृता अनमाेलले कार्यक्रमकाे सहजीकरण गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।