ताजा अपडेट »

विश्वकप यात्रमा नेपाली क्रिकेट टोली : भोली लिग २ अन्तरगत ओमानसँग पहिलो खेल

बुधबार, २५ जेठ २०७९, २० : ४१
6 Shares

टेक्सस । विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९, भोलि विहिबार खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।

सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन सहरमा रहेको  मोसा स्टेडियम सञ्चालन हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरूमा सहभागिता जनाउनु अघि तयारी स्वरूप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो । 

लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा सञ्चालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि  गत बिहीबार नेपाली अल स्टार क्लबसँग  र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिस्पर्धा गरेको थियो ।  

जसमा पहिलो खेलमा अल स्टारसँग नेपाली राष्ट्रिय टोली ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा सन्दीप लामिछानेले आराम गर्दा कप्तानी गरेका रोहित पौडेलको १ सय १ रनको मद्दतमा नेपाली राष्ट्रिय टोलीले ह्युष्टन हुरिकेनलाई २९ रनले पराजित गरेको थियो ।

आइसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरू  विश्व कपका लागि छनौट हुन प्रतिस्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहित ४० अंक सहित शीर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहित दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२  अंकाका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकाका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकाका साथ पाँचौँ स्थानमा, नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकाका साथ छैटौँ र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकाका साथ सातौँ स्थानमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।