ताजा अपडेट »

१४ वर्षीया बालिकाले गरिन आफ्नै शिशुको हत्या, आरोपित युवक पक्राउ

बुधबार, २५ जेठ २०७९, २० : ०५

दाङ । १४ वर्षकी बालिकालाई गर्भवती बनाउने युवकलाई दाङ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । रोजगारीको शिलशीलामा मुस्ताङमा रहेका दाङको राप्ती गाउँपालिका ३ निवासी २२ वर्षका विकास घर्तीमगरलाई पीडितले दिएको बयानका आधारमा दाङ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

अवैध गर्भबाट जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी जोशीला परियार (नाम परिर्वतन) पक्राउ परेपछि घटनाको पोल खुलेको हो ।

स्तनपान गराउँदा नवजात शिशुको रुने क्रम नरोकिएपछि  मंगलबार साँझ हत्या गरेर घरको सेफ्टी टङ्की नजिकै फालेको अवस्थामा स्थानीयले बुधबार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुत्केरी बालिकाको शारीरिक अवस्था नाजुक रहेकाले घोराहीको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घरको अवस्था पनि दयनीय रहेको प्रहरीले बताएको छ । आरोपित बालिकाको घरमा दुई बहिनी र सुस्त मनस्थितिकी आमा मात्रै छन् । अवैध यौनसम्बन्धबाट रहेको शिशुलाई १५ वर्षीया आमाले जेठ ९ गते जन्म दिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।