ताजा अपडेट »

प्रधानसेनापति र जापानी राजदूतबीच भेटघाट

बुधबार, २५ जेठ २०७९, १६ : ३५
4 Shares


काठमाडौं ।  नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । 

राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।