२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

बुटवल । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले राजधानीका होटल, रेष्टुरेन्ट तथा अन्य संस्थाका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने योजना सफल हुँदै यसको विस्तार देशका अन्य क्षेत्रमा पनि पुगेको छ ।महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै बुटवलमा समेत यसको प्रयोग सुरु भएको छ । बुटवलमा अहिलेसम्म ३ स्थानमा सार्वजनिक शौचालयको सुरुवात भइसकेको छ।

Advertisement

बुटवलको दुर्गा मन्दिर स्थित मालिका किचन एन्ड लज, मिलनचोक स्थित चिकन स्टेशन र मिलनचोकमै रहेको स्वस्तिक रिकङडीशनले आफ्ना शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने भएका छन् । नीजि होटल तथा संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनलाई बुटवलको मिलनचोकमा रहेको शाइन डिजाइन एण्ड प्रिन्टले ब्यानरको सौजन्य गरेको छ ।

बुटवलका मुख्य मुख्य स्थानमा पनि सार्वजनिक शौचालय नहुँदा यात्रुहरुलाई समस्या परेकाले नीजी संघ संस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनका लागि आफूले अन्य होटल, रेष्टुरेण्ट लगायत विभिन्न संघ संस्थाहरुलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग व्यवस्था गरिएको शाइन डिजाइन एण्ड प्रिन्टका प्रोप्राइटर राजीव भुसाले जानकारी दिए । यस्तै कपिलबस्तुको ४ नम्बरमा रहेको द डिजिटल एण्ड क्याफेले पनि आफ्नो शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोगको व्यवस्था मिलाएको प्रोपाइटर भुसालले बताए ।

बुटवलमा शैचालयसँगै यात्रुहरुका लागि खानेपानीको समस्या रहेकाले सार्वजनिक शौचालयसँगै खानेपानीको पनि व्यवस्था मिलाउन आग्रह गरेको बताए । अहिलेसम्म बुटवलमा धेरै नीजि संघसंस्थाले आफ्ना शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिन इच्छुक रहेको बताउँदै ती सबैलाई आफूले ब्यानरको व्यवस्था गराइदिने भुसालले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता