१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ ।

Advertisement

काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनाको अनुसन्धानमा जुटेको हो । युवकको हत्या कि स्वाभाविक मृत्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न नसकिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिनेशराज मैनालीले बताए । 

‘हत्या नै भएको आशंका पनि गरी नहालौँ । यसले आतंक फैलाउँछ । अहिले घटनाको अनुसन्धानमा प्रहरी टोली संलग्न छ । हामीले कुकुर पनि परिचालन गरेका छौँ’, उनले भने, ‘प्रारम्भिक रूपमा हामीले कसरी मृत्यु घटना भयो ? यसबारे यकिन भन्न सकिने अवस्था छैन ।’

अर्धचेत अवस्थामा टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जन बिहान करिब ७ बजे फेला परेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगिसक्दा महर्जनको मृत्यु भइसकेको प्रहरी प्रवक्ता मैनालीले बतँए । 
 

प्रतिकृया दिनुहोस्

Flash News

नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क