ताजा अपडेट »

बुटवल उपमहानगरको नगरसभा असार ८ गते, असार १ भित्रै योजना संकलन

बुधबार, २५ जेठ २०७९, १३ : १६
10 Shares


बुटवल । बुटवल उपमहानगर पालिकाको नगरसभा आगामी असार ८ गते हुने भएको छ । दोस्रो पटक जननिर्वाचित प्रतिनिधिहरु आएपछि बुधबार बसेको पहिलो कार्यपालिका बैठकले नगरसभा सम्बन्धि निर्णय गरेको हो ।

यही जेष्ष्ठ मसान्तभित्र उपमहानगरका १९ वटै वडामा बजेट सिलिङ पठाएर सोही अनुसार योजना संकलनको काम गरिने नगर प्रमुख खेलराज पाण्डेले जानकारी गराए । कार्यपालिकाको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले असार १ गतेभित्र वडाका योजनाहरु संकलन गर्ने तथा नगरको बजेटबाट सम्भवहुने योजनाहरुलाई सोही अनुसार सम्बोधन गर्ने तथा प्रदेश र संघीय सरकारको बजेट अनुदानका योजनाहरुका बारेमा समेत योजना निर्माण गरिने उल्लेख गरे ।

कार्यपालिका बैठकले नगरको भवन सरसफाइका लागि तत्कालको जनशक्ति र स्रोत साधनले असम्भव देखिएकाले सार्वजनिक टेन्डर आह्वान गर्ने निर्णय गरेको छ । आधुनिक भवनको संरचना र नयाँ प्रविधि अनुसार भवन सफाइका लागि उपकरण तथा जनशक्तिको व्यवस्थापन सार्वजनिक बोलपत्र आह्वान गरी उक्त बोलपत्र अनुसार आउने कम्पनी वा व्यक्तिलाई जिम्मा लगाउने निर्णय भएको नगरप्रमुख पाण्डेले जानकारी दिए । यसैगरी बुधबारको बैठकले विभिन्न विषयगत समितिहरुका संयोजक तोक्नुका साथै बुटवल–११ देविनगर स्थितीत वडा कार्यालय नजिकै ‘विपी–पुष्पलाल पार्क’ निर्माण गर्ने निर्णय गरेको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।