ताजा अपडेट »

काठमाडौंको फोहोरः अनावश्यक रूपमा हिँडडुल नगर्न कूटनीतिक नियोगको सर्कुलर

बुधबार, २५ जेठ २०७९, १२ : १४
4 Shares

काठमाडौं काठमाडौंमा रहेका कूटनीति नियोगले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट संक्रमणको जोखिम देखिएको भन्दै अनावश्यक हिँडडुल नगर्ने आन्तरिक सर्कुलर जारी गरेको छ । 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको जानकारी दिए । 

यसले नेपालको छविमा आँच आएको र फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको भन्दै उनले अब काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिए । निर्वाचनको अवधिभर धर्य गरेका काठमाडौंवासी सहर नै दुर्गन्ध हुने गरी फोहोर थुप्रिँदासमेत सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।