ताजा अपडेट »

दुईवटा साइकल ठोक्किँदा एक जनाको मृत्यु

बुधबार, २५ जेठ २०७९, ११ : ३३

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ मा गएराती दुईओटा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल चालक सोही नगरपालिका १५ का २७ वर्षीय सन्तोष चौधरी रहेका छन् । 

घाइते भएका उनको उपचारका क्रममा महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । गल्ली नम्बर ३ बाट सिपबिकासतर्फ जाँदै गरेको साइकल र बिपरित दिशाबाट आउँदै गरेको साइकल गएराती साढे ११ बजे आपसमा ठोकिएका हुन् । 

अर्का साइकलयात्रीको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।