१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

गलकोट। बागलुङमा पछिल्लो समय मौलिकता झल्काउने घर देखिनै छाडेका छन् ।  केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएका थुप्रै घुमाउने घर देखिए पनि पछिल्लो समय संरक्षण तथा आधुनिकताका नाममा मासिएका छन् ।

Advertisement

ढुङ्गा माटोको गारो । रातो माटो र सेतो कमेरोले पोतिएका घुमाउने घर केही वर्ष अघिसम्म देख्न पाइन्थो, अहिले घुमाउने घर बिरलै देख्न सकिन्छ । आधुनिक घर निर्माणसँगै घुमाउने घर अहिले देख्नै छाडिएको छ । बागलुङका धेरै स्थानमा घर, टिन तथा ढुङ्गाले छाएका घुमाउने घर मासिएका छन् । केही सीमित स्थानमा मात्रै संरक्षण गरेर राखिएका छन् । महत्व नबुझ्दा र आधुनिकताका नाममा आरसिसी घर निर्माणले तीव्रता पाउँदा घुमाउने घर सङ्कटमा परेका छन् ।

केही स्थानीयवासीले मात्रै घुमाउने घरलाई संरक्षण गरेर राखेका छन् । तीन पुस्ता परिवारका सदस्य हुर्काएको घुमाउने घरलाई संरक्षण गरेर राखेको बागलुङ नगरपालिका–६ लङ्गाउँका सिर्जना थापाले बताइन् । “हजुरबुबाको पालाको घर संरक्षण गरेर राखेकी छु, धेरैले फोटो, टिकटक र भिडियो बनाएर लैजानुहुन्छ”, उनले भनिन्, “लोप हुन थालेपछि यस्ता घरको खोजी, चासो र चिन्ता बढेको छ ।” 

विशेषगरी मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएका छन् । परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर सङ्कटमा परेको गलकोट नगरपालिका–१० का चन्द्रबहादुर घर्ती मगर बताउँछन्। गाउँमा भएका त्यस्ता घर पनि जीर्ण बनेका छन् । पर्यटकका लागि रोजाइमा पर्ने भएकाले घुमाउने घरको संरक्षणमा स्थानीय लाग्नुपर्ने उहाँले बताए।

स्थानीयवासी चन्द्रकली विक अहिलेका घरभन्दा त्यसको स्वरुप नै फरक हुँदा बनाउने सिकर्मी र डकर्मी पाउन मुश्किल भएको बताउँछन् । ग्रामीण क्षेत्रमा सहरबजारमा जस्तै आधुनिक शैलीका पक्की घर बन्न थालेपछि घुमाउने घरसँगै ढुङ्गे घर लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । कला, संस्कृति र मौलिकता बोकेका यस्ता घरले गाउँले जनजीवन र पहिचान बोकेका भए पनि स्थानीय तहले संरक्षणमा चासो देखाएका छैनन् । परम्परागत मौलिक घुमाउने घर संरक्षण गर्न सके घरबाससमेत फस्टाउने अवस्था छ ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन