ताजा अपडेट »

शुद्धोधन जेसिजको जेसिज सप्ताह सुरु, पहिलो दिन ट्राफिक सचेतना कार्यक्रम

मंगलबार, २४ जेठ २०७९, २१ : ३४
4 Shares

शुद्धोधन । शुद्धोधन जेसिज द्वारा आयोजित साताब्यापी विविध कार्यक्रम २४ गते मंगलबार देखि सुरु भएको छ । जेसिज सप्ताहको शुभारम्भ लुम्बिनी प्रदेश साँसद पुष्पा थरुनीले गरिन ।

शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१ गतेसम्म गर्न लागेको जेसिज सप्ताहको उद्घाट्न साँसद थरुनीले शुद्धोधनका युवाहरुको ब्यक्तित्व र नेतृत्व विकासमा शुद्धोधन जेसिजले सहयोग भन्दै प्रदेश मातहतबाट जेसिजलाई हरेक समय सकारात्मक कार्यमा साथ र सहयोग रहने बताइन ।

त्यस्तै कार्यक्रममा बोल्दै शुद्धोधन ४ का वार्ड अध्यक्ष एवम् गाउँपालीका प्रबक्ता केशब प्रसाद अधिकारीले गाउँपालीकाको सकारात्मक परिवर्तनका क्षेत्रमा हुने कार्यक्रममा गाउँपालीकाको साथ र सहयोग रहने र जेसिज सप्ताह कार्यक्रम सफल रुपमा सम्पन्न गर्नका लागि जेसिज आवद्ध सबै सदस्यहरु सक्रिय रहन आग्रह गरे।

समुद्घाटनको दिन फर्साटिकर बजार क्षेत्रमा रहेको ट्राफिक व्यवस्थापन समस्या न्युनीकरण गर्ने उपाय पहिचानका सम्बन्धमा भएको अन्तरक्रियामा अधिकाँसले बजार क्षेत्रमा जेव्रा क्रसिङ, ट्राफिक चेकजाँचमा कडाई , सिसिटिभि व्यवस्थापन , पार्किङ व्यवस्थापन लगायतका बिषय उठान गरीएकोमा जेसिज र ट्राफिक प्रहरी तथा फर्साटिकर चौकिका ईन्चार्ज सहितको स्थलगत निरिक्षण गरि ६ ठाउँमा जेब्राक्रसिङ निर्माण गर्ने, १/१ हप्ता एक/एक साईड पार्किङ गर्ने र घुम्ती चेकिङ सञ्चालन गर्ने र ट्राफिक व्यवस्थापन गर्ने योजना बनेको मुल कार्यक्रम संयोजक रमेश गौतमले बताए।

शुद्धोधन जेसिज अध्यक्ष मुकेश कुँवरको अध्यक्षतामा , कार्यकारिणी उपाध्यक्ष रुपा पराजुली डुम्रे को स्वागत तथा कार्यक्रममाथि प्रकाश पारेको कार्यक्रममा पुर्व अध्यक्ष चुडामणी डुम्रे , कृषि बिकास बैंकका शाखा प्रवन्धक यम प्रसाद आचार्यले शुभकामना मन्तव्य ,निवर्तमान अध्यक्ष रामजी पौडेलको धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रम जेसिज शाखा महासचिव महेन्द्र गौतमले संचालन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।