ताजा अपडेट »

नेपालले विश्व बैंकबाट थप १२ अर्ब ऋण लिने

मंगलबार, २४ जेठ २०७९, १७ : ०७
4 Shares

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । 

‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १०० मिलियन अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियत पूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी दिंदै गृहमन्त्री बालकृष्ण खाणले बताउ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।