१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

जर्मन दार्शनिक कार्ल माक्सले सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्रको प्रकाशन गरेपछि विश्व राजनीतिमा नयाँ विचार धाराका बारेमा बहस र कम्युनिस्ट पाटिको स्थापना भएको थियो । सन् १९४८ भन्दा अगाडि १८४१ मा जर्मनमा कम्यृनिस्ट विचारलाई स्थापित गराउने उद्देश्यले विचार क्लवहरुको सञ्चालन भएको पाइन्छ । सन् १८४८ फेब्रुअरी १२ मा औपचारिक रुपमा प्रकाशित भएको घोषणा पत्र १८४८मा सम्पन्न भएको जेनेभा बैठकको कार्यभार अनुसार कार्ल माक्स र हेगेल्सद्वारा लेखिएको थियो । सोही घोषणा पत्रका आधारमा नेपालमा पुष्पलाल श्रेष्ठ र साथीहरु मिलेर वि.स. २००६ वैशाख ६ मा नेपाल कम्युनिस्ट पाटिको स्थापना गरेका थिए । नेपाली कम्युनिस्ट पाटिले स्थापनाको सात दशक विभिन्न किसिमका असहज परिस्थितीको सामना गर्दै वर्तमान समय सम्म आइपुगेको छ ।

Advertisement

नेपाली कम्युनिष्ट आन्दोलमा वि.स. २०१७ सालदेखि नै राजनैतिक, वैचारिक, सांग्ठनिक तथा आर्थिक नीति तथा कार्यक्रमहरुका बारेमा विवादहरुको सिर्जना हुन थालेको पाइन्छ । तत्कालिन समयमा मुलत राजनैतिक व्यवस्था गणतान्त्रीक वा संवैधानिक प्रकृतीको बनाई साम्यवादी युगको यात्रामा अगाडि बढाउने भन्नेमा थियो । पुष्पलाल र मनमोहनकाबीचमा चलेको वैचारिक युद्धले संवैधानिक राजतन्त्र सहितको समाजवादी व्यवस्थामा जाने मौलिक सहमति प्राप्त गरेपछि वि.स. २०४६ सालसम्ममा यसैमा आधारित भएर विभिन्न प्रकारका राजनैतिक कार्यक्रमहरु नेपाली कम्युनिष्ट पाटिहरुले सञ्चालन गरेका थिए ।

वि.स.२०१७ सालदेखि २०४६ साल सम्म नेपाली कम्युनिष्ट आन्दोलनमा मुख्यतया शंशोधनवाद, यथास्थितीवाद र जडशुत्रिय विचारधाराको माध्यबाट आम नागरिकहरुलाई अधिकार सम्पन्न बनाई उत्पादनका साधान र उत्पादित वस्तुमा राज्यको पूर्ण स्वामित्व कायम राख्दै समाजवादी क्रान्तिलाई अगाडि बढाउन सकिन्छ भन्ने अव्यवहारिक राजनीतिक कार्यशिामा समय लगानी भएको बुझिन्छ ।

संशाोधनवाद, यथास्थितीवाद र जडशुत्रिय विचारधाराका माध्यबाट नेपाली समाजका वास्तविक समस्याहरुको पहिचान र समाधान नहुने निष्कर्षमा पुगेर मदन भण्डारी द्धारा जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट सिद्धान्तको प्रतिपादन भइसकेपछि वि.स. २०१७ देखि वैचारिक मतभेदमा केही नीतिगत स्पष्टता आएको पाईन्छ । पहिलो जनआन्दोलनका माध्यबाट प्रजातन्त्रको पुनःस्थापना भईसकेपछि पनि नेपाली कम्युनिस्ट पाटिहरुले संवैधानिक राजतन्त्र सहितको समाजवादमा पुग्ने कार्ययोजना बनाउनु नै उनिहरुमा विचारको खडेरी थियो भन्ने कुरालाई प्राप्त इतिहासले प्रमाण्ति गरेको छ ।
नेपाली राजनीतिक इतिहासमा नेपाल कम्युनिस्ट पार्टीको ४५ वर्षपछि नेकपा एमालेको सरकार वि.स. २०५१ मा निर्माण भएको हो । जसले समाजवादका आभारभूत मान्यताहरुलाई आत्मसाथ गर्दैै वैज्ञानिक प्रणालीको सामाजिक आर्थिक नीति तथा कार्यक्रमहरुलाई जबजको आधारमा निर्माण गरेको थियो । समाजवादी अर्थतन्त्रका पिलरहरुलाई राम्रोसँग स्थापित गर्न नसकिएको अवस्थामा हामी त्यो गनतव्यमा पुग्न सकिदैन भन्ने कुरालाई मध्यनजर गरी शिक्षा, स्वास्थ्य, खानेपानी , विद्युत तगायत सामाजिक आर्थिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय सुधारका कार्यक्रमहरु छोटो समयमा पनि प्रभावकारी तरिकाबाट सञ्चालन भएका थिए ।

गाँउ–गाँउमा सहकारी, गाँउको विकासकालागि केन्द्रबाटै बजेट हस्तान्तरण, आधारभूत स्वास्थ्य सुविधाको पहुँच विस्तार, शिक्षामा छात्रवृत्ति कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम , प्राविधिक शिक्षालयको स्थापना र सरकारी लगानीमा पूर्वाधार विकासका कार्यक्रमहरु सञ्चालन गरी समाजवादका आधारहरु सिर्जना गर्ने कार्यमा तिव्रता आएको थियो । भखरै मात्रै समाजवादका आधारहरु सिर्जना भईरहेको समयमा तत्कालिन नेकपा माओवादीबाट मुलुकमा जनवादी राज्य सत्ता स्थापना गर्ने अभिप्रायले सशस्त्र जनयुद्ध सञ्चालित भयो ।

जसले समाजवादी अर्थतन्त्रका पालुवाहरुलाई अगाडि बढ्नबाट रोक्यो । वि.स. २०५१ देखि २०६३ सालसम्म नेपालमा माओवादीका कारणले समाजवादी अर्थतन्त्र विकास र विस्तारका गतिविधिहरु पूर्णरुपमा रोकिएर रहे भने त्यो समयमा नेपाली अर्थतन्त्रमा पूँजीवादी अर्थतन्त्रले आफ्नो अधिपत्य जमाएर बस्न सफल भयो। माओवादी आन्दोलन शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि जनवादी आन्दोलन नै पूँजीवादको भुमरी फस्यो र यसले पनि समाजवादी आन्दोलनलाई पूर्णता प्रदान गर्न सकेन बरु पाटि नै एक दर्जन बढी टुक्रामा फुट्यो ।

२०७४ सालको बाम गठबन्धनले संविधानमा उल्लेख गरिएअनुसारको समाजवाद उन्मुख अर्थतन्त्रका आधारहरु सिर्जना गर्न सक्ने विश्वासका साथ नेपाली जनताले झण्डै दुई तिहाई बराबरको जनमत प्रदान गरेर सत्तामा पुराए । दुःखको कुरा आन्तरिक स्वार्थ नमिलेका कारणले वर्षौ देखीको नेपाली जनताको सपना समाजवाद उन्मुख अर्थतन्त्रका आधारहरु तय हुन सकेन । यसको सट्टामा देशमा अवसरवादी कम्युनिज्मको स्थपना भएको छ । वर्तमान समयमा नेपाली समाजमा सुधारिएको पुँजीवादी व्यवस्था लागु भएको छ । जसको नेतृत्व नेपालमा संसदवादी कम्युनिस्ट पाटिहरुले गरिरहेका छन् । नेपाली समाजवादी आन्दोलनलाई निष्कर्षमा पुराउनका लागी नेपाली कम्युनिष्ट आन्दोलन कसरी बरालिएको छ ? भन्ने कुराहरु निम्न तथ्यबाट प्रमाणित हुनेछन् ।

१.उत्पादनका साधनहरुको स्वामित्व
समाजवादी अर्थतन्त्रका लागि उत्पादनका लागि सम्पूर्ण साधनहरुको स्वामित्व सरकारसँग हुनु अनिवार्य शर्त हो । नेपाली आर्थिक नीति तथा कार्यक्रमले उत्पादनका साधनको स्वामित्व बजारमा हस्तान्तरण गरिरहेको छ । यसलाई निरुत्साहित गरेर समुदायमा आधारित समाजवादी नमुना बनाउनका लागि नेपाली कम्युनिस्ट आन्दोलन र यसको नेतृत्व चुकिरहेको छ । संविधानमा समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरिएको छ , वर्तमानमा हामीले अपनाएको मिश्रित अर्थव्यस्थाका अधिकाशं कार्यक्रमहरुले पूँजीवादकै पक्षपोषण गरेकोले हाम्रा उत्पनदनका साधनहरु हामी आफैले प्रयोग गर्न सक्ने नबनाउनुले नेपाली समाजवादी आन्दोलनले दलाल पुँजीवाद सँग पराजय भोगिरहेको वास्तविकताले नेपाली कम्युनिस्ट आन्दोलनलाई चुनौती दिएको छ ।

२.राष्ट्रिय आयको वितरण प्रक्रिया
मुलुकको राष्ट्रिय आय उत्पादनमा गरेको योगदानमा आधारित भएर सबै प्रकारका असमाताहरुलाई न्यूनीकरण गर्दै सामाजिक न्यायमा आधारित , समुन्त समाज निर्माण गर्ने उद्देश्यका साथ वितरण गरिएमा मात्रै समाजवादी अर्थव्यस्थाका आधारहरु तयार हुने गर्दछन । दुःखका साथ भन्नु पर्दा सत्तामा पुगेका नेपाली कम्युनिस्ट पाटिका नेतृत्वहरुले नेपाली राष्ट्रिय आयको वितरणका क्षेत्रमा समाजवादी मोडल अपनाउनका लागि कुनै पनि सुधारका कार्यक्रमहरु सञ्चालन गर्न असर्मथ रहि दलाल पूँजीवादकै कारिन्दा बनेर राष्ट्रिय आयको वितरणमा असमाता सिर्जना गर्न पुगेका छन् ।

३.वैदेशिक लगानी
विश्वको आर्थिक प्रणालीमा विशेषगरी पुँजीवादी देशहरुले विकासोन्मुख तथा विकासशील अर्थतन्त्रमा वैदेशिक लगानी गर्ने गर्दछन् । यसबाट उनिहरुले आफ्नो अर्थतन्त्रमा अत्यधिक लाभ प्राप्त गर्ने उद्देश्य राखेका हुन्छन । जुन स्वभाविक पनि हो । नेपालमा प्रत्यक्ष रुपमा वैदेशिक लगानी गरिरहेका देशहरुले राखेको स्वार्थ र राष्ट्रियता , सुरक्षा तथा बढ्दो बाह्य हस्तक्षेपलाई समयमा बुझेर अगाडि बढ्न अगाडि बढ्नका लागि नेपाली कम्युनिस्ट नेताहरु चुकिरहेका छन् । वैदेशिक लगानीका माध्यमबाट बाह्य शक्तिकेन्द्रहरुले दिएको दबावका कारणले वर्तमान समयमा नेपाली अर्थतन्त्रले दलाल तथा नोकरशाही पूँजीवादलाई प्राथमिता दिएको छ ।

४.आधारभूत आवश्यकताको व्यवस्थापन
समाजवादी अर्थतन्त्रले आफ्ना नागरिकहरुलाई शिक्षा, स्वास्थ्य, आवास, खानेपानी , सरसफाई, विद्युत, सूचना र सञ्चार जस्ता आधारभूत आवश्यकताहरु सजिलै आपूर्ति गर्ने गर्दछ । नेपाली कम्युनिष्ट पार्टीका नीति तथा कार्यक्रमहरुमा पनि सोहि कुरा समावेश गरिएको छ । व्यवहारमा तिनै कम्युनिस्ट नेतृत्वबाट जनताहरुलाई आधारभूत आवश्यकताहरु समेत किनेर प्राप्ति गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना गर्ने कार्यहरु भईरहेका छन् । नेपाली अर्थतन्त्रमा सबै भन्दा धेरै आधारभूत मौलिक अधिकारहरुलाई जनताले बजारमा खरिद गरेर मात्रै उपभोग गर्नुपर्ने अवस्था छ । यसलाई दीर्घकालिनरुपले समाधान गर्नकालागि नेपाली कम्युनिष्टहरु सँग कुनै खास विचार रहेको भेटिदैन ।

नेपाली अर्थतन्त्रले सामता गरिरहेका समस्याहरु कम्जोर उत्पादन प्रणाली, बढ्दो बेरोजगारी, उपभोगमा आधारित अर्थतन्त्र, बढ्दो व्यापार घाटा, न्यून पूँजी निर्माण प्रक्रिया , वितिय संकट, आर्थिक अपारदर्शिता, कालो बजारी , कृत्रिम अभाव, बाह्य कच्चापदार्थमा आधारित उद्योगको विस्तार, अनियन्त्रित बसोबास, भ्रष्टचार, कुषिमा आधारित अर्थतन्त्र आदिको दीर्घकालिन समाधान गरि अगाडि बढ्न सकिने ठोस योजना निमार्ण गर्नका लागि नेपाली कम्युनिष्ट पाटिहरु वर्तमान समयमा असफल बनेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै