१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका–२ कि २३ वर्षीया युवतीलाई जबरजस्ती करणीको प्रयास भएको छ । जेठ २० गते शिवराज नगरपालिका–३ मा रहेको आफ्नो मामाघरबाट फर्किने क्रममा शिवराज नगरपालिका–२ मद्रहवाका ओम प्रकाश चौधरीले घर पुराइदिने बाहनामा बलात्कारको प्रयास गरेको पिडितले आरोप लगाएकी छिन्।

घटनाको दिन पीडित मामाघरबाट फर्कने क्रममा चन्द्रौटा बजार गई किनमेल गरी फर्कदा कुनै सवारी साधन नपाएपछि राति करिब ८ बजे आरोपी चौधरीको टिप्परमा बसी मद्रहवासम्म आएको र त्यहाँबाट सोहि व्यक्तिले आफ्नो बाइकमा घरमा पुराइदिन्छु भनी विजयनगर गाउँपालिकाको त्रिपालनगरबाट जर्लैया जाने जंगलको बाटोमा बाइक रोकी जंगलमा लगी जबरजस्ती करणी प्रयास गरेको पीडितले युवतीले बताएकी छिन्।

पीडित युवतीले इलाका प्रहरी कार्यालय गणेशपुरमा घटना सम्बन्धी जाहेरी समेत दिएकी छिन्। पीडितको उजुरी पछि आरोपीको खोज–तलास गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ। आरोपीले चलाउने टिप्पर रा १ ख ७१८ नम्बरको टिप्पर घरमै रहेको तर, आरोपी फरार रहेकोले पक्राउ पुर्जी जारी गरी खोजी कार्य गरिरहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख विजयराज तिमिल्सीनाले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड