ताजा अपडेट »

रुपन्देहीको शुद्धोधनकी १६ वर्षीया किशोरी सम्पर्कविहीन

मंगलबार, २४ जेठ २०७९, १४ : ०५
6 Shares

बुटवल । रुपन्देहीको शुद्धोधनकी एक किशोरी सम्पर्कविहिन भएकी छिन् । लिटिल फ्लावर स्कूलमा कक्षा ९ मा अध्ययनरत शुद्धोधन गाउँपालिका–३ की १६ वर्षीया संगम काफ्ले सम्पर्कविहीन भएकी हुन् ।

आइतबार बिहान स्कुल गएकी उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको उनका अंकल कृष्ण काफ्ले जानकारी दिए । ‘बिहान स्कुल पढ्न भनेर घरबाट गएकी थिई । स्कूलमा बुझ्दा दिनभर नै स्कूलमै थिई । घर आउने क्रममा घर नआएर कहाँ गई अहिलेसम्म केही जानकारी छैन् ।’–उनका अंकल काफ्ले भने ।

उमेरले १६ वर्ष र कक्षा ९ मा अध्ययन गर्ने भएपनि उनको आनी-बानी भने सानो बच्चाको जस्तो भएको कृष्ण काफ्ले जानकारी दिए ।‘ १६ वर्षकी भएपनि उसको आनी-बानी सानो बच्चा बच्चीको जस्तै थियो । कसैले फकाएर केही गर्यो की भन्ने हामीलाई शंका छ ।’–उनले भने ।

अमुवामा रहेको न्यू कामना ईँटा उद्योगको सिसिटिभि फुटेज हेर्दा एक अपरिचित व्यक्तिको साइकलको पछाडि बसेर गएको देखिएपनि ती व्यक्तिको पहिचान गर्न नसकिएको उनका अंकल काफ्लेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।