ताजा अपडेट »

चट्याङ लागेर दुई जनाको मृत्यु

मंगलबार, २४ जेठ २०७९, १२ : १६

काठमाडौं । गुल्मी र मकवानपुरमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ ।  गुल्मीको इश्मा गाउँपालिका–५ बजाउने डाँडा बस्ने ४० वर्षीया  तारा सार्कीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको हो । 

आफ्नै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर वेहोस भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमार बस्ने ३७ वर्षीया जमुना मायाँ मोक्तानको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ ।    
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।