ताजा अपडेट »

मौसम : लुम्बिनीसहित ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मंगलबार, २४ जेठ २०७९, ०७ : ३३
24 Shares

काठमाडौं । सुरुवातीमा मनसुन पूर्वी नेपालमा केन्द्रित बनेको छ । आइतबार पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि पूर्वी नेपालमा वर्षा भइरहेको छ । यसबाहेक मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहान प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १,  बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र मधेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

महाशाखाका अनुसार बुधबार प्रदेश १,  बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।