ताजा अपडेट »

गुल्मीका श्रेष्ठ अन्तराष्ट्रिय म्याराथन धावक , गृहजिल्लामा स्वागत

सोमबार, २३ जेठ २०७९, २२ : ४५
6 Shares

गुल्मी । ‘योसंगै गाउँमा बिहान वेलुकी दौडिने केटाहरु सबै लाहुरे भई सके । यो चाँही त्यसै विग्रियो ,तै पनि किन होला दौडिरहने ?’ भनेर २०६० को दशकसम्म गाउँका बुढापाकाहरुबाट खिसिटिउँरी हुँदा निन्याउरो चेहरा लगाउने गुल्मीका एक युवक यतिबेला अन्तरिाष्ट्रय म्याराथन थावक बनेर हँसिलो चेहरा लिई आफ्नो घर फर्किएका छन्।

जिल्लाको धुर्कोट गाउँपालिका–३ , हाडहाडे निवासी ३० बर्षीय नारायण श्रेष्ठ यसरी गाउँवासीलाई चकित पार्दै भारतिय सेनाको लाहुरे भन्दा कैयौं गुना ठूलो प्रगति अन्तराष्ट्रिय म्याराथुन धावक र कुवेद स्थित अमेरिकी युनिर्भसिटीमा म्याराथुन प्रशिक्षक समेतको सफलता प्राप्त गरि घर फर्किएका हुन् ।

उनले विभिन्न मुलकमा भएका अन्तराष्ट्रिय म्याराथुन दौड प्रतियोगितामा सन २०१८,२०१९ र २०२० सहित लगातार तीन वटै बर्ष एयुएमको उपधी जितेर स्वदेश फर्किएका हुन् । उनले २।७ किलो मिटर दौड ९ मिनेट ३८ सेकण्डमा पार गरि अन्य देशका प्रतियोगीलाई पछाडि पारेका थिए ।

गुल्मीको हाडहाडे स्थित सामन्य कृषक परिवारमा पिता केशव श्रेष्ठ र माता धनिदेवि श्रेष्ठको कोखबाट कान्छा छोराका रुपमा जन्मिएका श्रेष्ठ हाडहाडेस्थि सोमर भोमर माध्यामिक विद्यालयमा पढदा खेरीबाटे दौडेर अरुलाई उछिन्न कुरामा अति नै रुचिहेको बताउँछन् । छिमेकी जिल्ला अर्घाखााचीको खनदह स्थित तत्कालिन आदर्श उच्च मविबाटा उच्च शिक्षा हासिल गर्न सुरु गरेका श्रेष्ठ २०६७ साल सम्म जिल्लामा हुने राष्ट्रपति शिल्डकप प्रतियिोगतमा धेरै पटक गोल्ड मेडल जित्दै आएका थिए ।

त्यस अवधीमा उनले उक्त प्रतियोगिताको क्षेत्रिय र राष्ट्रिय प्रतियोगितमा समेत गोल्ड मेडल सहित विभन्न पदक जितेर जिल्लाको नाम उचो राख्दै आएका थिए । कुविदे पुगे पछि आफ्नो कम्पनी मार्फत विभविन्न अन्तराष्ट्रिय दौड प्रतियोगितामा भाग लिएका श्रेष्ठ , दुबई, स्पेनमा भएका प्रतियोगितामा समेत विभिन्न पदक जित्न सफल भएका थिए ।

स्वदेशमा छँदा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहल ९ प्रचण्ड ० को हातबाट मेडल थाप्न पाएको प्रति थप हौसला मिलेको बताउने श्रेष्ले आफ्नो प्रेरणको श्रोत भने ख्याति प्राप्त म्यारथुन धावक बैकुण्ठ मनन्धर र हरिप्रसाद रिमाललाई ठान्छन् । उनले भने–‘जब म काठमाण्डौ पुगेर दशरथ रंगशालामा छिरें त्यस पछि उहाँहरुले ठूलो उत्साह र प्रेरण दिनु भएको थियो र फलस्वरुप उहाँहरुको प्रतिष्ठा समेत जोगान सकें । ’
उनले पुर्व युवा तथा खेलकूद विकास मन्त्री दलजित श्रीपाली र हालै वर्तमान सोही मन्त्रालयका मन्त्री महेश्वरवजाज गहतराजले पनि सम्मान गरेका छन् । गृहजिल्लाका सांसद तथा पुर्वमन्त्री गोकर्णराज बिष्टले पनि आफुलाई सम्मान गरेर प्रोत्साहित गरेको उनको भनाई छ ।

गहजिल्ला फर्केका उनलाई सोमबार जिल्ला खेलुकद विकास समिति गुल्मीले पनि उनलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा सहभागि नेपाली कांग्रेसका नेता छन्द पहराईले श्रेष्ठे म्याराथुन खेलमा अन्तराष्ट्रिय स्तर मै ख्याती कमाएर आएको प्रति आफुलाई अचम्म लागेको बताए ।

उनि र म छिमेकी हुँ , पहराईले भने ईन्डियामा भर्ति हुन खोज्ने युवाहरुको अघि पछि गरेर दौडिन्थे उनि । तर उनी संगै दौडिनेहरु ईन्डिया आर्मीका लाहुरे भई सके उनलाई भने त्यति कै बिग्रियो भनेर हामी गाउँवासीले भन्थ्यौं । तर अहिले सप्रिएर आएकोले निकै हर्षित भएको छौं । ’ कार्यक्रमका प्रमुख अतिथी खेलुद विकास प्रदेश समिति सदस्य भरत थापा, अर्का अतिथि बद्री महत , गुल्मीका कोषाध्यक्ष महेश काउछा र अध्यक्ष रमेश काउछाले गुल्मी जिल्लाका विना खर्च उत्पादन भएका निकै ठुलो गहना भएको प्रतिकृया दिएका थिए ।

‘उहाँलाई म्याराथुन धावक बनाउन गुल्मी जिल्लाले कत्ति पनि लगानी गर्नु परेन यसर्थ उहाँ हाम्रो स्वआर्जित सम्पत्ति हो । उहाँबाट हामीले जिल्लाको विकासमा ठुलो अपेक्षा राखेका छौं । ’ उनीहरुले भने । श्रेष्ठले उनले राष्ट्रिय , अन्तराष्ट्रिय भन्दा जसरी आमाको माया बढी हुन्छ , गृहजिल्लाको सम्मान थप गर्वित भएको प्रतिकृया दिँदै धन्यवाद दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।