ताजा अपडेट »

बुटवल क्रिकेट विकास समिति अध्यक्षमा पूर्व क्रिकेटर श्रेष्ठ

सोमबार, २३ जेठ २०७९, २१ : ०१
4 Shares

काठमाण्डौं । क्रिकेट खेल र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको बुटवल क्रिकेट विकास समितिको सोमबार बुटवलमा बसेको विशेष बैठकले पूर्व क्रिकेटर सोहन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा रोमित बज्राचार्य, उपाध्यक्षमा अनिल सेन्चुरी, सचिव पुनीत पोख्रेल, सहसचिव आयुष बोगटी, कोषाध्यक्षमा राजु राना र सहकोषाध्यक्षमा समित बज्राचार्य सर्वसम्मत चयन भएका छन् ।  समितिको अध्यक्ष नेत्र प्रसाद पौडेलको अध्यक्षमा बसेको विशेष बैठकले नयाँ नेतृत्व चयनका साथै आगामी कार्ययोजना समेत बनाएको छ । एक हप्ताभित्र कार्यसमितिले पूर्णता पाउने उनले बताए ।

नवनिर्वाचित अध्यक्ष सोहन श्रेष्ठले नगरभित्रका खेलाडीहरूको तथ्याङ्क संकलन गर्ने, पूर्वाधार विकासमा स्थानीय शरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाए । बुटवलमा क्रिकेट खेलको सम्भावनालाई मध्यनजर गरी यहाँ खेलपूर्वाधार विकाससँगै युवा खेलाडी उत्पादन गर्न विशेष कार्यक्रमहरू चलाउने उनले बताए ।

समितिको अगुवाइमा बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा एकमात्र क्रिकेट मैदानको निमार्णको पहिलो चरण पुरा गरेको सचिव पुनीत पोख्रेलले बताए । यसैगरी प्रत्येक वर्ष विभिन्न प्रतियोगिताहरू समेत गर्दै आएको भन्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।