ताजा अपडेट »

पौडेल भवानी भिक्षु स्मृति पुरस्कारबाट शकुन्तला सम्मानित

सोमबार, २३ जेठ २०७९, १७ : ४४
4 Shares

कपिलवस्तु । ११३ औँ भिक्षु जयन्तीको अवसरमा नव कपिलबस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलबस्तु तौलिहवाकि कवियत्रि शकुन्तला ज्ञवाली पौडेललाई भिक्षु जयन्ती कार्यक्रममा ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।

कार्यक्रममा जीवनाथ पाण्डेय (बाबा)ले लेखेको कृति कविता कोशेली विमोचन गरिएको छ । नगरपालिका कि उपप्रमुख सुनिता गुप्ताले भन्नू भएको कि साहित्यका को क्षेत्रमा नगरपालिकाले जे सहयोग गर्नु पर्छ त्यो गर्न तयार रहेको बताए । नगरपालिकालाई पहिले अब फरक र परिवर्तन हुनेछ ।

कपिलवस्तु साहित्य समाज को अध्यक्ष पशुपतिमणि त्रिपाठी को अध्यक्षता र प्रमुख अतिथि कपिलवस्तु नगरपालिका कि नव निर्वाचित उपप्रमुख सुनिता गुप्ता र संस्थापक अध्यक्ष हरिराज शर्मा को विशिष्ट अतिथिता मा सम्पन्न भएको छ । कार्यक्रम संचालन दामोदर पराजुलीले गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।