२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

बुटवल । लुम्बिनी प्रदेश सरकारले ठूला भन्दापनि फरक तरिकाले बजेट ल्याउने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताए । उनले प्रदेशको बजेट ३७ अर्बभन्दा माथिको नहुने बताएका छन् । उनले ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९÷८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए।

Advertisement

सोमबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष क्षेत्रीले ठूलो आकारको बजेट भन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए। उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौती नगरी कृषकहरुलाई सहुलियत ऋणको व्यवस्था गरिने बताए ।

लुम्बिनी प्रदेशको बजेट नआउंँदै योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले कृषि उत्पादन बढाउनका लागि कृषकहरुलाई कृषि विकास बैंक र सहकारीहरुबाट सहुलियत व्याजमा ऋणको व्यवस्था गरिने बताए ।

स्वच्छ खानेपानी शत प्रतिशत पुर्याउने गरी बजेट बन्ने बताउँदै उनले भने ‘गरिबी निवारण घटाउने गरी बजेट बन्छ। प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट बन्ने छ।’ उनले बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउँदै अब विकास निर्माणका बजेट पार्नका लागि ५ वटा मापदण्ड पूरा गरेर मात्रै बजेट माग गर्न सकिने बताए ।

नयाँ प्रणाली शुरु गरिएकाले अब निवेदनको आधारमा मात्र सांसद, नेताहरुको भनाईको भरमा बजेट नपाइने उनले बताए । उनले मापदण्ड पूरा नगरी बजेट माग गरिए नयाँ प्रणालीको सफ्टवेयरले नमान्ने बताए। १०वर्षे गुरुयोजनाका साथ बजेट तयार गरिएको समेत उनले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद कमल प्रसाद श्रेष्ठले साधारणतर्फको खर्च घटाउने र पूंजीगततर्फको खर्च बढाउने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए। लोकप्रीयता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउँदै ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको समृद्धि हुने गरी खर्च हुने खालको बजेट ल्याउनु पर्ने तर्क गरे।

कार्यक्रममा प्रदेश सांसद भूमिश्वर चौधरीले उपलब्धी मूलक बजेट बनाउनु पर्नेमा जोड दिए । उत्पादन बढाउने गरी बजेट ल्याउनु पर्ने र विदेशी आयातलाई घटाउनु पर्ने र निर्यातलाई बढाउन सक्ने खालको बजेट आवश्यक रहेको बताए।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य ऋषि आजादले उपभोक्ता मैत्री बजेट ल्याउन सुझाव दिए । पत्रकार दामोदर खनालले परम्पराबादी र पुरानो शैलीको बजेट नल्याउन सुझाव दिए। केन्द्रको बजेटको आधारमा प्रदेशको बजेट आउने र समयमा खर्च नहुँदा विकासका कामहरु नहुने र बजेट हिनामिना हुने गरेकाले यसप्रति समयमै सचेत बन्न सुझाव दिए ।

कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र पत्रकार तेजेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा