१६ माघ २०७९, सोमबार

Jan 30, 2023

कानो । नाइजेरियाली सरकारले आइतबार देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

Advertisement

घटनालाई ‘ठूलो नरसंहार’ भन्दै ओन्डो राज्यका गभर्नर अरकुन्रिन ओलुवारोतिमी अकेरेडोलुले घटनास्थल र घाइतेहरूको अस्पतालमा निरीक्षण गरेका छन् । नाइजेरियामा क्याथोलिक चर्चका प्रवक्ता रेभेरेन्ड अगस्टिन इक्वुले भने, ‘यो धेरै दुखको कुरा हो कि पवित्र प्रार्थना चलिरहेको बेला अज्ञात बन्दुकधारीहरूले सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा आक्रमण गरे । आक्रमणमा धेरै जनाको मृत्यु र अन्य धेरै जना घाइते भएका छन् । ’

पेन्टेकोस्टको इसाई चाडमा भएको आक्रमणको पोप फ्रान्सिसले निन्दा गरेका छन् । उनले पीडित र नाइजेरियाका लागि प्रार्थना गर्ने बताएका छन् । राष्ट्रपति मुहम्मदु बुहारीले पीडितले न्याय पाउने बताएका छन् । नाइजेरिया जिहादीहरू र आपराधिक गिरोहले लामो समयदेखि हिंसात्मक आक्रमण गर्दै आएका छन् ।-एजेन्सी
 

 

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु