ताजा अपडेट »

पश्चिमाञ्चल ट्रक व्यवसायीद्वारा ढाक्रे ट्रान्सपोर्टमा तोडफोड, ज्यान मार्ने धम्की!

सोमबार, २३ जेठ २०७९, १४ : ३८
16 Shares

बुटवल । पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले ढाक्रे ट्रान्सपोर्टमा तोडफोड गरेका छन्। व्यवसायी समितिले ओमसतिया गाउँपालिका–२ मा रहेको ट्रान्सपोर्टमा तोडफोड गरेका हुन्।

पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताप कार्की, सेक्टर उपाध्यक्ष गणेश घिमिरे, महासचिव हरि कंडेल र सचिव अर्जुन भुसाल लगायत १०/१२ जनाको समूहमा आएको टोलीलेले आफ्नो ट्रान्सपोर्टमा तोडफोड गरेको ट्रान्सपोर्टका प्रोपराइटर रामप्रसाद पन्थीले बताए।

तोडफोडबाट सिसा, टेलिफोन, कुर्सी र सामानमा क्षति पुगेको प्रोपराइटर पन्थीले जानकारी दिए । उनीहरु राज्यको कानुन भन्दा पनि पश्च्मिाञ्चल ट्रक व्यवसायी माथि छ भन्दै ट्रान्सपोर्टमा तोडफोड गरेको उनले बताए । साथै उनीहरुले सोही ठाउँमै रहेको पौडेल ढुवानीका प्रोपाइन्टर गोपाल बहादुर क्षेत्री हातपात समेत गरेका थिए । ‘उहाँहरुले म माथि हातपात गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएर जानु भएको छ ।’–पौडेल ढुवानीका प्रोपराइटर क्षेत्रीले भने ।

पन्थीका अनुसार आइतबार मात्रै पश्च्मिाञ्चल ट्रक व्यवसायी समिति र उद्योग वाण्ज्यि संघका बीच भैरहवा–काठमाडौँको १० हजार टनको भाडा २८ हजार र विरगंज–काठमाडौँको त्यो भन्दा ३ हजार कम गर्ने सहमति भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।