ताजा अपडेट »

बुटवलको हात्तिसुढ टोल विकासले गरेको जनप्रतिनिधि सम्मान कार्यक्रम एमालेद्वारा बहिष्कार!

सोमबार, २३ जेठ २०७९, ११ : ०७
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई हात्तिसुढ टोल विकास समितिले सम्मान गरेको छ । टोल विकास समितिले आइतबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

कार्यक्रममा एमालेको तर्फबाट बुटवल–११ निर्वाचित वडा अध्यक्ष रामचन्द्र क्षेत्री, सद्स्यहरु नहकुल शाही,माया दर्नाल र युवराज रानालाई सम्मानको निम्ति कार्यक्रममा बोलाईए पनी अनुपस्थित रहेका थिए । वडाबाट निर्वाचित अन्य सदस्य तथा कार्यपालिका सदस्यहरु मात्रै सहभागि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जितबहादुर मल्लले बुटवल–११ बाट निर्वाचित सबैलाई सम्मानका लागि बोलाउँदा एमालेबाट निर्वाचित जनप्रतिनिधि नआउनु दुःखद भएको बताए । कार्यक्रममलाई जनता समाजवादी पार्टी जसपा, मगरात राष्ट्रिय समन्वय समिति नेपालका वरिष्ठ उपाध्यक्ष एवं विपत्त व्यवस्थापन लुम्बिनी प्रदेशका अध्यक्ष हरि घर्तिमगर, एकीकृत समाजवादीका नेता इन्द्र बहादुर राई, राष्ट्रिय जनमोर्चाका नेता टान बहादुर जिसी र माओवादी केन्द्रका यादव प्रसाद अधिकारीले आ–आफ्ना विचार राखेका थिए ।

यस्तै सोही कार्यक्रममा भिनसेन श्रेष्ठ अध्यक्ष रहेको समितिलाई बिघटनगरी राधादेवी अधिकारीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरिएको छ । जसको उपाध्यक्षमा दिलप्रसाद श्रेष्ठ, र बसन्त गौचन, सचिवमा प्रवीगा कुमार काफ्ले, सहसचिवमा सन्तोष बहादुर थापा र कोषाध्यक्षमा अनिता तामाङ चयन भएका छन् ।

सदस्यहरुमा धन बहादुर बिक, नारायण प्रसाद खनाल, रत्ना सिंह क्षेत्री, लिला केसी, लक्ष्मी परियार, तिल कुमारी सिजाली, रिमा बिक, बसन्ती बिक, भगवती पाठक, श्याम कार्की चयन भएको छन् । साथै टोल विकास समितिको सल्लाहाकारको रुपमा सरस्वती गलामी, रोल बहादुर राना, शशि जंग शाह, सुनिल न्यौपाने, मोहन पाण्डे र जसमती (तारा) बि.क. रहेका छन्।

साथै बैठकले सरस्वती गलामीको अध्यक्षमा आमा समूह गठन गरेको छ । यस्तै बैठकले फोरहमैला व्यवस्थापनका लागि हुम बहादुर वि.क.को अध्यक्षमा समिति गठन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।