१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

मुम्बई । बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई एक अज्ञात व्यक्तिले पत्र लेख्दै ज्यानको धम्की दिएका छन् । यो मामलालाई गम्भीर रुपमा लिँदै मुम्बई प्रहरीले बान्द्रा पुलिस स्टेसनमा उजुरी दर्ता गराएर अनुसन्धान सुरु गरेको छ ।

समाचारअनुसार सलीमलाई यो धम्कीपूर्ण पत्र प्राप्त भएको थियो । यसपछि सलीमले मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएका थिए । मुम्बई प्रहरीले तुरुन्तै अज्ञात व्यक्तिविरुद्ध मुद्धा दर्ता गराएर अनुसन्धान सुरु गरेको हो । तर पत्रमा ज्यानको बाहेक अन्य के—के विषयमा धम्की दिइएको छ भन्ने कुरा केही खुल्न सकेको छैन ।यसअघि नयाँदिल्लीको तिहाड जेलमा रहेका ग्याङस्टार लरेन्स बिश्नोईले सलमानलाई ज्यानको धम्की दिएका थिए । लरेन्स त्यही व्यक्ति हुन्, जसमाथि पञ्जाबी गायक तथा र्‍यापर सिद्धु मुसेवालाको हत्या गरेको आरोप छ ।

सिद्धुको हत्यापछि प्रशासनले सलमानको सुरक्षाको संख्या बढाउको छ । सलमानमाथि राजस्थानका जोधपुरमा कालो हरिण  शिकारको आरोप छ । कालो हरिणलाई बिश्नोई समाज निकै पवित्र मान्छन् । त्यहीकारण लरेन्सले सलमानलाई धम्की दिएको बताइएको छ । यसअघि अगष्ट २०२० मा हरियाणा प्रहरीले एक राहुल साँगा नामका व्यक्तिलाई पक्राउ गरेको थियो । यो व्यक्ति लरेन्स बिश्नोई ग्याङका सुटर थिए । प्रहरीको अनुसन्धान पछि ती व्यक्तिले आफू लरेन्सको भनाई अनुसार सन् २०२० मा सलमानको घरको रेकी गर्न आएको खुलासा गरेका थिए ।-एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु