ताजा अपडेट »

बुटवल लेडिज जेसिजद्वारा बाल विकास केन्द्र परिसरमा वृक्षारोपण तथा सरसफाई

आइतबार, २२ जेठ २०७९, २१ : ५५
8 Shares

बुटवल। विश्व वातावरण दिवसको अवसरमा बुटवल लेडिज जेसिजले बुटवलस्थित चिडिया खोलामा रहेको बाल विकास केन्द्रको परिसरमा वृक्षारोपण तथा सरसफाई गरेको छ । एक कार्यक्रमकाबीच जेसिजले बुटवल– ३ स्थित बाल मन्दिर उद्यान परिसरमा फलफूलका बिरुवाहरु रोपेको हो ।

कार्यक्रममा बोल्दै जेसिसका प्रमुख अतिथि बुटवल उपमहानगर पालिका वडा नम्बर–३ का वडा अध्यक्ष विष्णु ढकालले जीवनचक्र परिस्थिति सन्तुलननमा जोड दिँदै वृक्षारोपणले पहिरो रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले सरकारले वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताए । साथै सबै किसिमबाट पछाडि परेको उक्त बाल विकास केन्द्रलाई थप व्यवस्थित बनाउन सबैलाई साथ दिन आग्रह पनि गरे ।

लेडी जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठले बाल मन्दिरको थप स्तर उन्नतिको लागि साथ दिन तयार रहेको बताइन् । साथै उनले बाल विकास केन्द्रको संरक्षकको अवसर पाएमा पनि सबै किसिमको सहकार्य गर्न तयार रहेको बताइन्।

कार्यक्रममा बुटवल उपमहानगर पालिका वडा–३ का सदस्य आनन्द भगत श्रेष्ठ , जेसिजका पुर्व अध्यक्ष रेखा शर्मा कट्टेल, केन्द्रका संचालन समितिका सदस्य मन्जु प्रधान, जेसिजका सल्लाहकार रूपा पाण्डे, संस्थाका आजिवन सदस्य गिता ज्ञवाली , शिक्षिका विन्दु गौतम लगायतले बोल्दै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा आँप, धुपिसल्लो,कागती लगायतका प्रजातीका बिरुवा रोपिएको हो । जेसिजले केन्द्र परिसरमा सरसफाई समेत गरेको र बाल विकास केन्द्रलाई २ थान फोहोर फाल्ने डस्टविन पनि वितरण गरेको छ ।

कार्यक्रम संयोजक जेसिजका शाखा सम्पादक जमुना शर्मा श्रेष्ठको स्वागत मन्तव्य र जेसिजका महासचिव संगिता ढकालको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।