ताजा अपडेट »

वृक्षारोपण गरेर नवलपुर जेसीजले मनायो वातावरण दिवस

आइतबार, २२ जेठ २०७९, २० : ४४
6 Shares

नवलपुर । नवलपुर जेसीजले वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कावासोती ३ जेसीज सचिवालय अगाडि जेसीज पार्कमा संस्थाको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

दिवसका अवसरमा ‘वान प्लान्ट माई वन रेसपोन्सिविलिटि’ भन्ने नाराका साथ विभिन्न प्रजातिका १५ वटा विरुवा रोपिएको छ । कार्यक्रम नवलपुर जेसीज वर्ष २०२२ की अध्यक्ष राधिका भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । नवलपुर जेसीज वर्ष वर्ष २०१७ का अध्यक्ष एवम् नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष कृष्ण प्रसाद अर्याल प्रमुख अतिथि रहनुभएको वृक्षारोपण कार्यक्रममा विमल कुमार जोशीको संयोजकत्वमा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले वातावरण इश्वरको देन रहेको बताउदै हामीले बचाउनुपर्ने प्रकृति हामीले विभिन्न बाहानामा जानेर नजानेर दुषित गराउदै प्रतिकुल बनाउदै गइरहेकाले यसलाई आफ्नो स्वरुपमा फकाउर्नेक्रममा यो वृक्षरोपण कार्यक्रमले मद्घत गर्ने बताए ।

नेपाल जेसीजको १७२ वटै शाखालाई सर्कुलेशन भए बमोजिम “‘वान प्लान्ट माई वन रेसपोन्सिविलिटि’” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम नवलपुर जेसीज लगायत देशैभरका जेसीजले कार्यक्रमको आयोजना गरेका छन् । नवलपुर जेसीजका मानार्थ सदस्य टंक प्रसाद लुइटेल,पुर्व अध्यक्ष नारायण प्रसाद न्यौपाने, स्थानियवासी एवम् जेसीज पदाधिकारीहरुक लगायतको कार्यक्रममा उपस्थित रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।