ताजा अपडेट »

मोटरसाइकलको ठक्करबाट घाइते फुलमायाको उपचारको क्रममा बुटवलमा मृत्यु

आइतबार, २२ जेठ २०७९, १७ : ५६
4 Shares

परासी ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ गंगाबस्तीमा सवारी दुघर्टनामा परि पैदलयात्रीको मृत्यु भएको छ । शनिबार राति सवा ८ बजेको समयमा गंगाबस्ती स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आँउदै गरेको लु ३३ प ५३७४ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

पैदलयात्री बर्दघाट १४ गंगाबस्ती बस्ने ५५ वर्षीया फुलमाया थारुलाई ठक्कर दिदाँ उपचारको क्रममा उनको जेनश अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए । दुर्घटनमा परि थारुको बाँया खुट्टा र टाउकोमा चोट लागेको थियो भने अवस्था गम्भीर रहेकाले सहिद स्मृती सामुदायिक अस्पताल चौपत्ताबाट थप उपचारका लागि बुटवल रिफर गरीएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको डिएसपी शाहीले बताए । मोटरसाईकल र मोटरसाईकल चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।