ताजा अपडेट »

रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाः को-को यात्रु सवार थिए ?

आइतबार, २२ जेठ २०७९, १२ : २९
2 Shares

बुटवल । रुपन्देहीको रोहिणीमा भएको यात्रुबाहक वस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । ३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस दुर्घटनामा २४ जना घाइते भएका छन् । आइतबार बिहान बस रोहिणी पुलबाट नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिलेसम्म दुर्घटनामा परी मृत्यु भएका मध्य ६ जनाको परिचान भएको प्रहरी प्रवक्ता पौडेलले जानकारी दिए ।

मृतकहरुको नामावली
१. जिल्ला रुपन्देही ओमसतिया गा.पा.–४ बस्ने वर्ष ६५ को राजेन्द्र पाण्डे । (सनाखत भएको)
२. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–८ बस्ने वर्ष ३७ की तुल्सी बस्याल । (सनाखत भएको)
३. रुपन्देही तिलोत्तमा न.पा.–२ योगिकुटी बस्ने वर्ष ५६ को बिष्णु पौडेल । (सनाखत भएको)
४. रौतहट चन्द्रनिगाहपुर बस्ने बर्ष २० का दिनेश दास । (सनाखत भएको)
५. रुपन्देही बुटवल उपमहानगरपालिका–११, कालिकानगर बस्ने बर्ष ४८ का कृष्णप्रसाद बस्याल । (सनाखत भएको)
६. भारत जनकपुरग्राम बस्ने बर्ष ४० का अरबिन्द्र शर्मा । (सनाखत भएको)
७. हाल नामथर वतन नखुलेको बर्ष ३०–३५ को पुरुष ।
८. हाल नामथर वतन नखुलेका बर्ष अन्दाजी ४०–४५ को पुरुष ।
९. हाल नामथर वतन नखुलेको बर्ष ३० को पुरुष ।

घाइतेहरुको नामावली
१. जिल्ला धनुषा हंसपुर न.पा.–३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी ।
२. जिल्ला बारा जितपुर सिमरा उ.न.पा.–१३ बस्ने वर्ष १८ को रोहन चौधरी ।
३. जिल्ला बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी ।
४. जिल्ला बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १५ को बरुण चौधरी ।
५. जिल्ला सिराहा, सिराहा न.पा.–९ बस्ने बर्ष ३१ को राकेश कुमार दास ।
६. जिल्ला कपिलबस्तु बाणगंगा न.पा.–५ बस्ने बर्ष २९ को तुलसीराम चौधरी । (सह–चालक)
७. जिल्ला धनुषा जनकपुर उ.न.पा.–२२ बस्ने बर्ष ३९ को बिनोद मुखिया ।
८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–११ का बर्ष २८ को रियाज जुल्लाह मुसलमान ।
९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–६ बस्ने बर्ष १६ को सहेजाद मुसलमान ।
१०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–३ शंकरनगर बस्ने बर्ष ३६ को सुमन क्षेत्री । (बस चालक)
११. जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक न.पा.– ३ बस्ने बर्ष २० को राजेश यादव ।
१२. जिल्ला रौतहट बस्ने बर्ष २२ को वकिल दास हात ।
१३. भारत जनकपुरग्राम बस्ने बर्ष २८ को गौरव सिंह ।
१४. जिल्ला झापा बस्ने बर्ष ६० को जयाप्रसाद चापागाई ।
१५. जिल्ला झापा बस्ने बर्ष ५६ कि तुलसा चापागाई ।
१६. भारत बस्ने बर्ष ३२ कि सिता शर्मा ।
१७. भारत बस्ने बर्ष ५ कि सन्दिपा शर्मा ।
१८. भारत बस्ने बर्ष ४ को यश शर्मा ।
१९. जिल्ला धनुषा जनकपुर बस्ने बर्ष ३५ की अञ्जली कामी ।
२०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–३ बस्ने बर्ष २२ को बिपिन बस्याल ।
२१. जिल्ला सिराहा सिराहा न.पा.–९ बस्ने बर्ष ३१ को राकेशकुमार दास ।
२२. जिल्ला रौतहट श्रीनगर बस्ने बर्ष २२ को रामजनम दास ।
२३. जिल्ला धनुषा जनकपुर बस्ने बर्ष २२ कि रिंकी यादव ।
२४. जिल्ला महोत्तरी बस्ने बर्ष २९ को साबिर अन्सारी ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।