ताजा अपडेट »

कपिलबस्तुमा माछा मार्ने क्रममा डुबेर एक जनाकाे मृत्यु

आइतबार, २२ जेठ २०७९, ०९ : ४८
4 Shares

कपिलवस्तु । कपिलबस्तुको विजयनगर गाउँपालिकामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ चिरही खोलामा माछा मार्न गएका बिजयनगर गाउँपालिका वडा नं का ४५ वर्षिय जोक बहादुर खन्गाहाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी नायव उपरीक्षक विजयराज तिमल्सीनाले जानकारी दिए ।

खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खन्गाहाकाे शवलाई पोस्टमार्टमका लागि बहादुरगंज लगिएको प्रहरीले जनाएको छ ।शवलाई पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाउने ईलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।