ताजा अपडेट »

उच्च अदालतले गर्‍यो महराको निवेदनको सुनुवाई

शुक्रबार, ०६ मंसिर २०७६, १६ : ४१
6 Shares

मंसिर ६,

काठमाडौं । संसद सचिवालयकी कर्मचारी माथि यौंन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले उच्च अदालतमा दिएको निवदेनको सुनुवाई भएको छ । जिल्ला अदालत काठमाडौंले दिएको आदेश विरुद्ध उच्च पुगेका महराको निवदेशनमा सुनुवाई गर्दै कैफियत प्रतिवेदन माग गरेको छ ।

महराकातर्फबाट बिहीबार दर्ता भएको निवेदनमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालते पुर्पक्ष थुनामा पठाउन आदेश दिँदा लिएका आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो । निवर्तमान सभामुख कृष्णबहादुर महराले दर्ता गराएको निवेदनको सुनुवाइ पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासमा भएको थियो ।

महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएको निवेदन शुक्रबार मुख्य न्यायाधीश सुवेदीको इजलासमा पेस भएको हो । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध महरा उच्च अदालत पुगेका थिए । जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्‍ने आग्रहसहितको निवेदन पाटनमा दर्ता भएको थियो । -जनतापाटी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।