ताजा अपडेट »

टिप्परको ठक्करले मोटरसाईकल चालक घाईते

शुक्रबार, १३ जेठ २०७९, १४ : ४२
2 Shares

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा सवारी दुर्घटनामा परी एक जना घाईते भएका छन् । रामग्राम नगरपालिका वडा नम्बर १५ मा शुक्रबार आज बिहान पोने १० बजे टिप्परले मोटरसाईकललाई ठक्कर दिदाँ एक जना घाईते भएका हुन् ।

सोही वडाका २५ वर्षीय रामजत सैथवार घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए । घाईते सैथवारको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको शाहीले बताए ।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको लु २ ख ५०१३ नम्बरको टिप्परले सोही दिशातर्फ आउँदै गरेको लु २३ प ७०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । टिप्पर, टिप्पर चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।