ताजा अपडेट »

तिलोत्तमालाई भ्रष्टाचारमुक्त र पारदर्शितायुक्त नगर बनाउँछु: खाँण

शुक्रबार, १३ जेठ २०७९, १३ : १४
2 Shares

भैरहवा । तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका, सुशासन तथा पारदर्शिताको नगरपालिका बनाउने आफ्नो मूख्य अभियान रहेको बताएका छन । नगरप्रमुख खाँणले भैरहवामा पद तथा गोपनियताको शपथ लिने क्रममा सञ्चारकर्मिहरुसंग छोटो कुराकानीमा आफुले सार्वजनिक गरेको घोषणा पत्र अनुसार नै काम गर्ने बताए ।


“अहिले सबै भन्दा बढी महत्वपूणै क्षेत्र भनेको शिक्षा र स्वास्थ्य हो ।” खाँणले भने “यो क्षेत्रलाई कसरी माथी उकास्न सकिन्छ ? शिक्षा तर्फ कसरी सबैका छोराछोरीहरु सामुदायिक बिद्यालयमा पठनपाठन गर्छन भनेर नै त्यस तर्फ हामी लाग्छौं ।” यस अतिरिक्त सरसफाई, खानेपानी तथा युवाहरुको रोजगार, महिलाहरुलाई आत्मनिर्भरको बिषयमा पनि आफुले काम गर्ने उनले बताए । उनले तिलोत्तमा नगरवासीलाई सुखी र समृद्ध बनाउन आफु लागी पर्ने बताउदै सम्पूर्ण मतदाताहरुलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख तथा कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकिसुन त्रिपाठीलाई शपथ ग्रहण गराउदै रुपन्देहीका मूख्य निर्वाचन अधिकृत धनसिंह महराले शपथ ग्रहणको मर्म र मर्यादा अनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे । उनले आउने निर्वाचनमा पनि जनताले राम्रो मूल्यांकन गर्ने गरि काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीमा निर्वाचन भयरहित र शान्तीपूर्ण रुपमा सम्पन्न भएको बताए । निर्वाचनलाई भय रहित र शान्तीपूर्ण रुपमा सम्पन्न गर्न सबैले उत्तिकै भूमिका निर्वाह गरेको भन्दै तिवारीले सबैलाई धन्यावाद समेत दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।