ताजा अपडेट »

रुपन्देहीको भलवारी स्थित डिपोमा लागेको आगो नियन्त्रणमा, एक जना घाइते

शुक्रबार, १३ जेठ २०७९, १३ : ११
6 Shares

बुटवल । रुपन्देही स्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार ११ः४० बजेको समयमा तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा लागलागी भएको थियो ।

लागलागीबाट लु २ ख २६५६ नम्बरको ट्रयाङ्कर पूर्ण रुपमा क्षति र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा आंशिक रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । आगलागीबाट ट्रयाङ्करका हेल्पर तिलोत्तमा नगरपालिका ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको हात र खुट्टा जलेको छ ।

घाइते चौधरीको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको पौडेलले बताए । उनको अवस्था सामन्य रहेको छ । आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले नियन्त्रणका लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।