ताजा अपडेट »

बढ्यो सुनको मूल्य

शुक्रबार, १३ जेठ २०७९, ११ : ०६
4 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।  

त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । बिहिबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँ मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।