२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौं । प्रहरीले १५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपललाई घटना भएको पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्का रहेका छन् । 

Advertisement

सिन्धुली कमलामाई नगरपालिका–७ स्थायी ठेगाना भएका उनलाई प्रहरीले बिहीबार काठमाडौकों त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । खड्काले आफ्नै स्कूलमा पढने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते सुनसरीको धरान उपमहानगरपालिका–१० स्थित गेष्ट हाउसमा पु–याई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उनले ती छात्रालाई स्कूलबाट रेष्टिकेट गरिदिने भनी धम्क्याई बलात्कार गरेको प्रहरीको भनाइ रहेको छ । बलात्कृत भएपछि उक्त स्कूल छाडी अर्कै स्कूलमा पढिरहेकी ती छात्रालाई खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक–पटक मानसिक यातना दिने गरेका थिए । 

बलात्कार गरेको भन्ने जाहेरी दरखास्त २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा परेपछि खड्का फरार रहेका थिए । काठमाडौं टोखा नगरपालिकास्थित वानियाटरमा डेरामा लुकिछिपि बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ काठमाडौँमा थप दुई जनामा हैजा बस दुर्घटना : नौ जनाको मृत्यु, २४ घाइते भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने