२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । जेठ १६ गतेदेखि शुरु हुने एसएलसी परिक्षामा लुम्बिनी प्रदेशबाट ६८ लाख १३३ विद्यार्थीहरु परिक्षामा सहभागी हुने भएका छन्। राष्ट्रिय परिक्षा बोर्डद्वारा केन्द्राध्यक्षहरुको लागि बुटवलमा आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो ।

Advertisement

अघिल्ला २ वर्ष कोभिडको कारणले सम्बन्धित विद्यालयलाई नै परिक्षा संचालनको जिम्मा दिइएकोमा यस वर्ष राष्ट्रिय परिक्षा बोर्डको परिवर्तित मापदण्ड अनुसार बोर्डले नै एसएलसी परिक्षा लिने सम्पूर्ण तयारि गरेको बोर्डका बुटवल कार्यालय प्रमुख रमाकान्त तिवारीले बताए। बोर्डको बुटवल कार्यालय अन्तर्गत लुम्बिनी प्रदेशका अर्घाखाची, गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही र नवलपरासी (पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी९ पुर्व० जिल्लाहरुका १५९ वटा परिक्षा केन्द्रमा एसएलसी (कक्षा १२) परिक्षा हुदैँछ ।

यी केन्द्रहरुमा ४० हजार ३९३ जना नियमित र ३ हजार १८६ जना आंशिक र ग्रेडवृद्धि तर्फका गरि कूल ४३ हजार ५७९ जना परिक्षार्थीहरु परिक्षामा सहभागी हुदैछन। एसएलसी परिक्षामा सबैभन्दा धेरै रुपन्देही जिल्लाबाट सहभागी हुने बोर्डका शाखा अधिकृत बाबुराम भण्डारीले बताए। उनका अनुसार रुपन्देही जिल्लाका ६० वटा परिक्षा केन्द्रमा १८ हजार ४५१ परीक्षार्थी परिक्षा दिनेछन ।

यसैगरी नवलपरासी (पुर्व)का २१ वटा परिक्षा केन्द्रमा ५ हजार ६४७ जना, कपिलवस्तुका २० वटा परिक्षा केन्द्रमा ५ हजार १७८ जना, नवलपरासी (पश्चिम) का १४ वटा परिक्षा केन्द्रमा ४ हजार ५०० जना,पाल्पाका १९ वटा परिक्षा केन्द्रमा ४ हजार १०३ जना, गुल्मीका १५ केन्द्रमा ३ हजार ३२६ र अर्घाखाचीमा १० वटा परिक्षा केन्द्रमा २ हजार ३४७ जनाले कक्षा १२ को एसएलसी परिक्षा दिने उनले बताए। राष्ट्रिय परिक्षा बोर्ड बुटवल कार्यालयको कार्यक्षेत्र अन्तर्गत पर्ने साबिकको लुम्बिनी अंचलमा ५४१ विद्यालयहरुले कक्षा ११ र १२ को अनुमति प्राप्त गरि पठनपाठन गराइरहेका छन्।

वि.स.२०७६ सालसम्म राष्ट्रिय परिक्षा बोर्डले प्रश्नपत्र छपाईगरि परिक्षा केन्द्रहरुमा पठाउने गरेपनि कोभिडको कारण देखाई विगत २ वर्षदेखि परिक्षा केन्द्रहरुमा परिक्षा शुरु हुनुभन्दा आधा घण्टा पहिले ईमेलबाट प्रश्नपत्र पठाउने र केन्द्रहरुले प्रश्नपत्र छपाई गरि परिक्षा संचालन गर्नुपर्ने व्यवस्था गरेको छ। विगतमा कक्षा ११ को परिक्षा समेत बोर्डले नै संचालन गर्ने गरेकोमा २०७७ सालयता परिक्षा निर्देशिका संसोधन गरि उक्त परिक्षा सम्बन्धित विद्यालयहरुले नै लिने व्यवस्था गरिएको छ। बोर्डले जेठको तेस्रोसातामा कक्षा ११ को परिक्षा संचालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग हिँड्दा-हिँड्दै एक महिलाको मृत्यु पाँच वर्षपछि रारा तालमा बिजुली